४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा
अ+ अ-

काठमाडौँ । केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ ।

कथ्य शैली, नेपाली परिवेश र विश्व फिल्मसँग नेपाली कथालाई जोड्ने ‘ऐना झ्यालको पुतली’ सुजित बिडारीद्वारा निर्देशित फिल्म हो । यहीँ फिल्मले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेमेडी अवार्ड ९अस्कर अवार्ड०मा नेपालको प्रतिनिधित्व गर्दैछ ।

प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर प्रतियोगितामा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको अध्यक्ष विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेको हो ।

व्यावसायिकरुपमा पनि सन्तोषजनक सफलता हात पारिरहेको फिल्म ५० को दशकको ग्रामीण समाजको दर्पण बनेको छ । नन एक्टर अर्थात् अभिनय नजानेको कलाकारको बाहुल्यता रहेको फिल्मले हामीलाई २०५२ सालको आसपासको ग्रामीण परिवेशमा लैजान्छ ।

मौलिक कथा वाचन गर्दागर्दै लेखक तथा निर्देशक बिडारीले फिल्मी शैली अपनाउनु भएको छ । मौलिक फिल्ममा मनोरञ्जन नभएको गुनासो बढिरहँदा यस फिल्मले दर्शकलाई तृप्त बनाउन सफल भएको छ । विद्या (कञ्चन चिमरिया), वसन्त ९दिनेश खत्री० र आमा (सिरु विष्ट)मा फिल्म केन्द्रित छ ।

सङ्खुवासभाको ज्यामिरेका यिनै तीन चरित्रमार्फत ग्रामीण समाजमा छोरीले भोग्ने पीडालाई देखाइएको छ । दिदी विद्या र भाइ वसन्तलाई हुर्काउन आमाले गरेको सङ्घर्ष, विद्यालाई ७ कक्षा पास गरेर ८ कक्षा पढ्न ठूलो स्कुल जाने रहर र वसन्तको बालापनमार्फत फिल्मले ज्यामिरेको परिवेश देखाएको छ ।

विद्यालाई सहर गएर ठूलो स्कुल पढ्ने रहर छ । सधँैजसो कक्षामा पहिले हुने विद्या ८ कक्षामा पुग्दा दोस्रो भएकी छिन् । उनको पढ्ने रहर पूरा गर्ने चाहना आमाको नभएको होइन तर ग्रामीण भेगमा एक्लै घरमूली बन्नुभएकी आमालाई सहज छैन । घरखर्च चलाउनु छ । छोरछोरीलाई पनि पढाउनु छ । उहाँलाई श्रीमान्को साथ छैन ।

एक्लै घर चलाउँदा महिलाले गरिरहेको सङ्घर्षमार्फत आमाले आफ्नो इच्छा मारेर छोरीको सपना पूरा गर्ने अठोट गर्नुहुन्छ । विभिन्न बाधा अड्चनले त्यसलाई रोकिरहेका छन् । विद्यालाई छात्रवृत्तिले सपना पूरा गराउन सक्थ्यो । यद्यपि दोस्रो भएको कारण त्यो बाटो पनि बन्द भयो । उनलाई पढ्ने रहर नभएको होइन । तर आमालाई काममा सघाएर पढ्नुपर्ने भएकाले कक्षा उक्लिँदै गर्दा विद्यालाई पहिलो स्थानमा रहन मुस्किल भएको हो । उनी दोस्रो भएकी हुन् ।

आमाले घरखर्चको लागि जुटाएको रकम छोरीको शिक्षामा खर्च गर्न तयार भए पनि त्यो सपना पूरा हँुदैन । घरमा परदेशबाट आइपुग्नुभएको बुबाले स्कुल भर्ना गर्न राखिएको रकम मध्यपानमा गरेर खर्चिंदा फिल्ममा आन्तरिक पारिवारिकद्वन्द्व सुरु हुन्छ । छोरीले बुबालाई सपनाको बाधक मान्छिन् ।

किनकी उनी त्यो रकम लिएर गाउँले मितिनीसँग पढ्न सहर जान तयार भएकी हुन्छिन् । उनी आफू कक्षामा अन्य विद्यार्थीको दाजोमा पढाइमा बलियो भए पनि आर्थिक अभावले पढ्ने रहरलाई पूरा गर्न सकेकी छैनन् । विद्याले पढ्ने सपनामा बाचिरहँदा उनको भाइ वसन्त भने बालापनमा रमाइरहेका छन् ।

वसन्तको रुचि पढाइभन्दा अन्य क्रियाकलापमा बढी देखिन्छ । उनको माध्यमबाट ग्रामीण बालापनलाई अनुभव गर्न सकिन्छ । विद्याझैँ वसन्त पनि नन एक्टर हुन् । अर्थात् उनीहरु व्यावसायिक कलाकार होइनन् । फिल्ममा पहिलो पटक काम गरेका कलाकार हुन् । उनले अभिनय गरेका छैन । बालापन बाँचेका छन् ।

जसले उनलाई पनि ‘क्लासिक’ बनाउन मद्दत गरेको छ । वसन्त दिदीलाई आमाले बढी माया गरेको गुनासो गरिरहन्छन् । किनकी उनलाई फिल्म हेर्न, खाजा खान खोजे जति रकम प्राप्त छैन । उनले बोल्ने संवाद र गर्ने गतिविधिले फिल्ममा मनोरञ्जन दिएको छ । फिल्मले ज्यामिरे गाउँमार्फत देखाउन खोजेको कथाले हरेक ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गर्छ । निर्देशक बिडारीले गाउँ ज्यामिरेलाई पूरा देशका घटनाक्रमसँग पनि जोड्नुभएको छ ।

फिल्म २०५२ सालबाट सुरु भएको फिल्ममा यहीँ सालको फागुनबाट सुरु भएको माओवादी द्वन्द्वलाई रेडियोको समाचारमार्फत स्थापित गरिएको छ । त्यो समयमा देशमा भइरहेका अरु घटनालाई पनि निर्देशकले यही रेडियोमार्फत वाचन गरेर फिल्मलाई गाउँमा मात्र सीमित राख्नुभएको छैन ।

फिल्मको सुन्दर पक्ष भनेकै पढ्ने चाहना बोकेर हर प्रयास गर्ने विद्या र उनको प्रयासलाई रोक्ने समाजबीचको अन्तर द्वन्द्व हो । मूल कथालाई नछाडी बुनिएका स–साना कथाले सौन्दर्य थपेको छ । घरको नाजुक आर्थिक अवस्था, दायित्वबाट पन्छिएका बुबा, आफूलाई नबुझ्ने समाजमा विद्याको सपना पूरा र अन्त्य एकैपटक हुन्छ ।

निर्देशक बिडारीले उल्लेखित पक्षलाई मार्मिकरुपमा प्रस्तुत गर्नुभएको छ । सपना बाँच्ने पात्रको प्राप्ति र अन्त्यलाई एकै दृश्यमार्फत प्रस्तुत गर्नुले उहाँको निर्देशकीय कौशलतालाई प्रस्ट्याउछ । यो फिल्मको कथा जति सरल छ, उत्तिकै कलात्मक ।

समाजमा विधमान गहन विषयलाई यसमा सरल तरिकाले प्रस्तुत गरिएको छ । उहाँ आफ्नो काम र प्रस्तुतिमा पूर्णरुपमा प्रष्ट हुनुहुन्छ । हाम्रो घर र समाजकै कथालाई ठूलो पर्दामा प्रस्तुत गरिएकाले फिल्म हेरिरहँदा पात्रसँग सहजै सम्बन्ध स्थापित हुन्छ ।

‘ऐना झ्यालको पुतली’ गाउँको कथा हो र गाउँमै सकिन्छ तर यसले सहरलाई त्यहाँको समस्या, सौन्दर्यतासँगै सम्भावनासमेत औँल्याउन मद्दत गर्छ । नेपालमा पछिल्ला केही वर्षमा मौलिक कथामा उस्तै शिल्पसहित फिल्म बनाउने सर्जकको जमात बढेको छ । यो स्वागतयोग्य छ तर यस पटकको स्वाद स्वस्थ्यकर भएर पनि उत्तिकै मीठो छ ।