१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिण मारेर ल्याउँदै गरेको अवस्थामा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

नवलपरासी (पश्चिम) । सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्ती प्रहरीले सुस्ता गाउँपालिका४ तेह्र नम्बर ठोक्करमा मृत मृग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।