• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

समानुपातिकतर्फ ११ राजनीतिक दलले पेस गरे बन्दसूची



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ११ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा र बहुजन एकता पार्टीले बन्दसूची बुझाएको आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिममा सात÷सात, मधेसमा छ, गण्डकीमा पाँच, लुम्बिनी र कर्णालीमा चार÷चार दलले बन्दसूची पेस गरेका छन् ।

प्रदेश १ मा किरात खुम्बुवान् पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी तथा सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जिरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेस गरेका छन् ।

यस्तै मधेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची पेस गरेका आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले बन्दसूची पेस गरेका छन् ।