१५ श्रावण २०८३, शुक्रबार
,
Latest
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीसँग विश्व बैंकका उपाध्यक्षद्वारा शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले शिष्टाचार भेट गर्नुभएको छ ।

चारदिने नेपाल भ्रमणमा रहनुभएका रसेरले अध्यक्ष ओलीे निवास बालकोटमा आज विहान भेट गर्नुभएको हो ।

भेटमा उपाध्यक्ष रसेरले विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र त्यसका लागि उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको वताउनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतीका बावजुद नेपाल विकास यात्रामा अगाडि नबढी रहन सक्दैन भन्नुभयो ।

अध्यक्ष ओलीले कुनै उद्देश्य, गन्तव्य र दृष्टिकोण नभएको वर्तमान गठबन्धन सरकारले रोकेका देशको विकास र गरिबी निवारणका कामलाई आगामी निर्वाचनपछि एमालेले सरकार गठन गरी अगाडि बढाउने वताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइने वताउनुभयो ।

भेटमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र डा.अन्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।