२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्यलाई



अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको छ ।

शनिबार दिउँसो सुरु भएको बैठकमा जबरालाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवादकाबीच समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा दिइएको हो ।

सभापतिले दिएको निष्कर्षमा सबै सदस्यको सहमति रहेमा एकमतले पारित गरिने र सहमति नरहेमा पुनः छलफल हुने बताइएको छ ।