४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र साविक विजेता भारतबीचको खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

नेपाल आज बलियो टिम भारतलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । हरेक संस्करणमा भारत नेपालका लागि ‘तघारो’ बन्दै आइरहेको छ ।

नेपाल समूह चरणमा अपराजित रहँदै विजेता बनेर सेमिफाइनल पुगेको हो । उता, भारत समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेतासँग खेल्नेछ । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे हुनेछ ।