९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिएः देवी ज्ञवाली

प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिएः देवी ज्ञवाली
एमाले नेता देवी ज्ञवाली
अ अ+ अ-

काठमाडाैंः नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाउनुभएको हो ।

उहाँले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिष्ट पार्टीलाई विभाजित गरेको बताउनु भयो । उहाँले एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताउनु भयो ।

उहाँले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गर्नुभयो । उहाँले चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिनुभयो । उहाँले चितवनजस्तो पवित्रभूमिमा अबका दिनमा छलछाम गर्न नदिने संकल्प गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो श्रद्धेय अध्यक्ष कमरेडले कम्युनिष्ट पार्टीको एकता गर्ने उद्देश्यले आज भन्दा ४÷५ वर्षअघि नेकपा माओवादीसँग एकता गर्नुभयो । हाम्रो पवित्र उद्देश्य थियो, पार्टी एकता गर्ने तर कसै कसैको उद्देश्य के रहेछ भने केपी ओली बिरामी छन्, त्यसपछिको स्थितिमा म कहाँ पार्टी आउँछ र एमाले पार्टी कब्जा गर्छु भन्ने दुराशय बोकेका रहेछन् । जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो, त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिष्ट पार्टीलाई विभाजित गरेर बिस्तारवादी र साम्राज्यवादीहरुको हीतमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढीरहेको छ ।

सबै कम्युनिष्ट देशभक्तहरु आज एमालेमा गोलवद्ध हुनुपर्ने आवश्यक्ता छ । एमालेका कार्यकर्ताहरु पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा बिष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन् । अघिल्लो पटक प्रचण्डलाई चितवनमा तपाईहरुले जिताउनुस् भन्ने निर्देशन गर्नुभयो, त्यतिबेला हामीले हामीलाई मतपत्र च्यातेर, हडपेर, हराएको कुरापनि बिर्सियौँ, केवल कम्युनिष्ट पार्टीको विकासका निम्ति कम्युनिष्ट पार्टीका एकताका लागि लाग्यौँ । तर हाम्रो त्याग, बलिदान, समर्पणलाई लत्याए । अहिले हाम्रो सधैँको चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन लागेका पुष्पकमल एण्ड कम्पनी लागे । हाम्रो चितवनजस्तो पवित्रभूमिमा राजगाज गर्न दिइँदैन । यो हाम्रो संकल्प हो ।’

नेकपा (माओवादी केन्द्र) का चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रिय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता आज एमालेमा प्रवेश गरेका थिए ।