• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने

नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव १३ मा सीमित भएको छ । कूल दुई सय ३२ कम्पनीका ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २४ दशमलव ३२, व्यापार ७८ दशमलव २४, होटल तथा पर्यटन ९१ दशमलव ७३, विकास बैंक एक सय ६९ दशमलव ३८, जलविद्युत् एक सय दशमलव चार, वित्त ९० दशमलव ९१, निर्जीवन बीमा एक सय ९६ दशमलव ६८, उत्पादन एक सय ५९ दशमलव शून्य सात, अन्य ५६ दशमलव ५७, लघुवित्त एक सय ७७ दशमलव १२, सामूहिक लगानी कोष शून्य दशमलव २८ र लगानी दुई दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार आजको कारोबारका आधारमा लक्ष्मी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २१ करोड ५० लाख ३३ हजार एक सय ९० बराबरको कारोबार भयो ।

रिडी हाइड्रोपावर रु ११ करोड ६४ लाख ८९ हजार छ सय ५४, अपिपावर कम्पनी रु सात करोड ३५ लाख १६ हजार तीन सय २६, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ६८ लाख ७७ हजार पाँच सय ८७ र हिमालयन डिस्टिलरी रु पाँच करोड ७७ लाख ८४ हजार पाँच सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव १२, मिर्मिरे माइक्रोफाइनान्स तीन दशमलव ८०, सिद्धार्थ बैंकको ऋणपत्र एक दशमलव ९२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ६९ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले एक दशमलव ३० प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड आठ, सिद्धार्थ फाइनान्स कम्पनी सात दशमलव ३५, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव शून्य चार, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ६९ र लिवर्टी इनर्जीका लगानीकर्ताले छ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।