९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

रामतोला बस्तीको पहिरो: बास पुरियो, वृद्ध जोडीको बिचल्ली

रामतोला बस्तीको पहिरो: बास पुरियो, वृद्ध जोडीको बिचल्ली
अ अ+ अ-

बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ ।

बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उहाँलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उहाँले सक्नुभएन । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो । “बैँशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा–आमाले छाडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बूढाबूढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु”, पर्खालको छेउमा बसेर पहिराले अँठ्याउनै लागेको घर देखाउँदै पौडेलले भन्नुभयो, “मेरो पसिना यहीँ थियो बाबु, कान्छा छोराले सहयोग गरेर बनाएको बास हो, पहिरोले नासियो ।”

केही दिनयता उहाँ ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आउनुभएको छ । उहाँको मनले घर छाड्न मानिरहेको छैन । त्यसैले त दिनमै दशपटक त्यही घरको आँगनमा पुग्नुहुन्छ । भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरा खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालनाथ गोठमा भैँसी दुहुँदै हुनुहुन्थ्यो ।

घरजस्तै थियो गोठ पनि । गाउँभरि धाँजा फाटेपछि सम्भावित जोखिमको आकलन गरेर गाउँ पुग्नुभएका वडाध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उहाँलाई भैँसी दुहुँदादुहुँदै तानेर ल्याए । भैँसी फुकाए र सुरक्षित ठाउँमा पु¥याए । “उनीहरुले नतानेको भए म गोठमै पुरिने रहेछु, भैँसी बाँच्यो”, पहिराले पुरिएको गोठ देखाउँदै उहाँले भन्नुभयो, “घर न गोठ, खेती न पाती भयो ।” पहिराले नजिकै रहेको पाखोबारी र खरबारी सबै पुरेको छ ।

पत्थर माथिको समथर जमिनमा कहिल्यै यस्तो पहिराको जोखिम होला भनेर आफूले कल्पना नगरेको उहाँ सुनाउनुहुन्छ । “मैले जानेदेखि यहाँ ठूलो पहिरो खसेको देखेको थिइनँ, अहिले त के भएको हो, गाउँ नै उठाउने पहिरो आयो ।” पहिराबाट विस्थापित भएकामध्ये ढालानथको दम्पती सबैभन्दा धेरै समस्यामा छ । गाउँमा उहाँजस्तै सात परिवारले आफ्नो घरगोठ छाडेका छन् । तल्लो रामतोलामा नै पहिरो खसेकोभन्दा केही तल बसाइँसराइ गरेर गएकाहरुको खाली घरमा पीडित परिवार बसेका छन् ।

भदौ २२ गते गाउँमाथि रहेका पानीका ट्याङ्कीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अड्एिको पहिराको माटोले रामतोलाका घर पस्ने जोखाना हेरिरहेको छ । “ठूलो आवाज आयो, अब बाँचिएन भन्ने लागेको थियो”, स्थानीय पीडित पवित्रा केसीले भन्न्ुभयो, “दिउँसै भएकाले भागाभाग गरियो, रातमा पहिरो खसेको भए त होसहवास उड्ने थियो ।”

घर छाडेर अर्कैको घरमा बसेको भए पनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाउनुभयो । “अहिले ठूलो पानी परेको छैन, ठूलो पानी पर्यो भने हाम्रा घर राख्दैन होला”, उहाँले भन्नुभयो, “हामी पीडित भयौँ, कहीँकतै सुरक्षित ठाउँमा व्यवस्था गरिदिए हुने ।” यहाँ खसेको पहिराका कारण रायडाँडामा सात परिवार र जैमिनी नगरपालिकाको वडा नं १ कुश्मीशेरा, वडारमा चार परिवार विस्थापित भइसकेका छन् । विद्युत्, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।

बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ । घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।

“पहिरो खस्नुको कारणका विषयमा खोजी र पीडितको उचित व्यवस्थापनका लागि हामीले अध्ययन गरिरहेका छौँ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “थप क्षति हुन नदिनका लागि सजगता अपनाउन जरुरी देखिन्छ ।” रासस