६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिङ–पोखरा सडक विस्तार: तनहुँ खण्डमा भौतिक प्रगति न्यून



file
अ+ अ-

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी० खण्डमा हालसम्म ३।४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । योजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसअवधिमा वित्तीय प्रगति २३ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजारमात्रै खर्च भएको छ । कुल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इञ्जीनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

यो खण्डअन्तर्गत सडक दायाँबायाँतर्फका ९५ प्रतिशत रुख कटान सम्पन्न भएका छन् । तनहुँका एक सय ३८ घरटहराको मूल्याङ्कन सम्पन्न गरी मुआब्जा रकम वितरण कार्य प्रारम्भ भइसकेको पौडेलले जानकारी दिनुभयो । खैरेनीटार बजार क्षेत्र ९कुम्ले खोलाबाट भिमाद जाने चोकसम्मको० बाहेक तनहुँ जिल्लाका अन्य क्षेत्रको मूल्याङ्कन सकिएको जनाइएको छ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा समस्या भएको पौडेलले बताउनुभयो ।

साथै सडक विस्तार तथा स्तरोन्नति कार्यका लागि अधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र स्वीकृत आइइ प्रतिवेदनमा सेती नदी र आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भएता पनि स्थानीय तहबाट ठेक्कापट्टा भइसकेको हुँदा योजनालाई निर्माण सामग्री अभाव हुने देखिएको पौडेलले बताउनुभयो ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।