९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको गृहमन्त्रीको भनाई (भिडियोसहित)

कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको गृहमन्त्रीको भनाई (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा कारगार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताउनु भएको हो । उहाँले कारगार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसदको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कारगारमा बन्दीहरुको संख्या पनि ठूलो रहेको र त्यसको भौतिक पूर्वाधार व्यवस्थापनको काम पनि चुनौतिपूर्ण रहेको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको उचित व्यवस्थापनका लागि सरकार र संसद दुवैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले सरकारले ल्याएको सो विधेयकले कारगार व्यवस्थापन र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

मन्त्री खाँणले भन्नु भयो, ‘यो कारगार विधेयकले कारगारलाई एउटा बन्दीगृह वा पुरानो प्रचलनमा जेल भन्ने गरिन्थ्यो । त्यसलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने विधेयकको पनि मूल मक्सद हो । र, कारगारमा रहेका विभिन्न बन्दीहरुलाई उनीहरुको अवस्था अनुसार कसरी सुविधा दिने कारगारमा महिला बन्दीहरु पनि हुनुहुन्छ, पुरुषहरु पनि हुनुहुन्छ । र, उमेरले ज्येष्ठ नागरिक भएका नागरिकहरु पनि हुनुहुन्छ । शारिरीक रुपमा अपांग भएका, गर्भवती भएका महिलाहरु पनि कारगारमा पर्नु हुन्छ । र, कारगारमा विभिन्न अपराधमा दोषी भएकाहरु कारगारमा रहने क्रममा निर्दोष स–साना बालबालिकाहरु पनि आफ्ना अभिभावकसँग कारगारमा पुगेका हुन्छन । तिनीहरुको व्यवस्थापन गरिदिने दायित्व पनि कारगार व्यवस्थापनको हो, राज्यको हो ।

यो विधेयकले त्यसलाई पनि ज्याँदै नै संवेदनशील रुपमा लिएको छ । र, प्रजननसम्बन्धि अधिकारलाई पनि यसले सुनिश्चितता गर्ने कोसिस गरेको छ । त्यसैले आम नागरिकहरुको श्रम सम्बन्धि क्षमतालाई कसरी प्रयोग गर्ने ? श्रम अधिकारलाई कसरी सुनिश्चित गर्ने । काम गर्न सक्नेहरुका लागि निश्चित कामको व्यवस्था गर्ने । कारगार भित्र रहेका नागरिकहरुले आफ्नो क्षमतालाई प्रयोग गर्न सकून । सीपसम्बन्धि क्षमतालाई, बौद्धिक क्षमतालाई, श्रम सम्बन्धि क्षमतालाई प्रयोग गर्न सकून । र, त्यो क्षमता मुलुकको उत्पादनसँग जोडियोस् । त्यसले उत्पादनलाई पनि मद्दत पुगोस् त्यसको व्यवस्थापन गर्ने कोसिस पनि सो विधेयकले गरेको छ । र, कारगारमा बन्दीहरुको संख्या पनि ठूलो छ । र, भौतिक पूर्वाधार व्यवस्थापनमा एकदम चुनौति छ ।

कारगार व्यवस्थापनका लागि पनि राज्यले, सरकारले, हामीले पर्याप्त बजेट व्यवस्थापन गर्न पनि आवश्यक छ । त्यसरी नै कारगार भित्र रहेका बन्दीहरु जसले आफ्ना आचरण सुधार गर्नु भयो, जसले सुध्र्रिने र सुधार्ने प्रक्रियामा हुनुहुन्छ । र, सामान्य अपराधमा दोषी भएकाहरुलाई कैद मिनाहा गर्ने प्रचलन पनि छ ।

यसलाई अझै कसरी व्यवस्थित गर्ने, कैद मिनाहाको व्यवस्थाले कारगार भित्र मैले आफ्नो आचरण सुधारे भने मेरो कैद मिनाहा हुन्छ भन्ने मानसिकता त्यहाँको कैदीहरुलाई पनि हुन्छ । त्यसले जेल व्यवस्थापनमा पनि मद्दत पु¥याउनेछ । त्यसको साथसाथै त्यहाँ भित्र सुध्रिएपछि बाहिर आएर समाजलाई पनि सकारात्मक प्रभाव पार्न सक्नुहोला यसै मक्सदले कैद मिनाहालाई अझै व्यवस्थित गर्न खोजिएको छ ।

मूलतः कारगार विधेयकबाट कारगारहरुलाई सुधार गृहमा रुपान्तरण गर्ने महत्वपूर्ण कार्यको थालनी गर्ने कोसिस गरिएको छ । यो क्रममा राष्ट्रियसभाले पनि यो विधेयकले कारगार सुधारमा, कारगार व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै आफ्नो धारणा अन्त्य गर्छ ।’

गृहमन्त्री खाँणले कारगारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने कोसिसलाई सार्थक बनाउने गरी सो विधेयकले कैंद मिनाहाको प्रावधानलाई पनि अझै खुकुलो बनाएको बताउनु भयो । विधेयकमा कारगारमा रहेका बन्दीहरुको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने मनसाय पनि रहेको उहाँको भनाई थियो ।