२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा लिफ्ट खस्दा ७ मजदुरको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको अहमदाबादमा भवनको लिफ्ट खसेर ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान करिब ९ः३० बजे दुर्घटना भएको हो । जानकारीका अनुसार भवनको नवौं तल्लामा काम भइरहेको र कामदारले लिफ्टबाट सामान माथि लैजाँदै गरेका थिए । यसैबीच सातौं तल्लामा पुग्दा लिफ्ट बिग्रियो । लिफ्टमा जम्मा ८ जना मजदुर थिए ।

अहमदाबाद नगरपालिकाको स्थायी समितिका अध्यक्ष हितेश बारोटले दुर्घटनापछि निर्माणाधीन भवनमा सुरक्षा मापदण्डको ख्याल नगरिएको बताएका छन् । लिफ्ट जसबाट सामान मात्रमाथि पठाइन्छ तर, त्यसमा रहेका सामानसँगै मजदुर पनि माथि–माथि पठाउने काम भइरहेको छ । निर्माणाधीन भवनको मापदण्डअनुसार यो गलत रहेको छ । यसका लागि निर्माण स्थलको मालिकलाई जिम्मेवार मानिनेछ ।

दुर्घटनाग्रस्त भवन गुजरात विश्वविद्यालय नजिकै निर्माण भइरहेको छ । यसको नाम एस्पायर–२ रहेको छ । यहाँ खसेको लिफ्ट निर्माण सामग्री बोक्न प्रयोग गरिएको थियो । फलामको संरचनामा राखिएको यस्तो लिफ्टलाई एलिभेटर भनिन्छ ।