३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग



अ+ अ-

एजेन्सी । रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

“हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,” रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा “विशेष सैन्य अपरेशन” भनेको छ ।