२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाकिस्तानको जितमा नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् भने रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक÷एक गोल गरिन् ।

खेलको ३९औँ मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४८ औँ मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाइन् । खेलको ५३ औँ मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तानले तेस्रो अग्रता लियो । त्यसपछि खेलको ७८ औँ मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन् ।

खेलको ८४ औँ मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन् । खेलको ९० औँ मिनेटमा नाडियाले व्यक्तिगत चौथो गोल गर्दा पाकिस्तानले ६–० को अग्रता बनायो ।

खेलको दोस्रो हाफको अतिरिक्त समममा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० गोलअन्तरले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको पाकिस्तानले तीन खेलमा तीन अङ्क जोड्यो ।

यस खेलसँगै समूह ए बाट पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा माल्दिभ्स भने जितबिहीन रह्यो । यस समूहबाट भारत र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै हुने भारत र बङ्गलादेशबीचको दोस्रो खेलले समूह ए को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सो खेल अहिले ५ः३० बजे सुरु भएको छ । समूह बीबाट भने नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।