२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई सम्मान



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारीता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ ।

हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७ औं स्थापना दिवस मनाउने क्रममा मञ्चले समान एक जना अग्रज र युवा खेल पत्रकारलाई सम्मान गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिव तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताउनु भयो । खेलमा विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह पनि गौतमले गर्नुभयो ।

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिनुभयो । सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।