१२ पुष २०८१, शुक्रबार
,
Latest
संविधान बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन्ः गृहमन्त्री लेखक विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ११.४६ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ ।

आईतवार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।

आईतवार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

आईतवार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४.५६ प्रतिशत बढेको छ । सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ ।

तर छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव ४ करोडको शेयर कारोबार भएको छ ।

 




भर्खरै