४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको मुखमा कमल थापालाई धक्का, उपाध्यक्षलाई ओलीले लगे



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका प्रभाबशाली नेता रायले निर्वाचनको मुखमा पार्टी छाडेर जाँदा थापालाई धक्का पुगेको छ । नेकपा एमाले संग निर्वाचनमा सहकार्य गर्न खोजीरहेका थापाकै उपाध्यक्षलाई ओलीले लगेपछि सहकार्यमा पनि शंका उत्पन्न भएको थापा निकट एक नेताले बताए ।

यस अघि पनि थापाको साथमा रहेका प्रभाबशाली नेताहरु दिलबिलास राजभण्डारी , चन्द्र बहादुर गुरुङ्ग , उद्धब पौडेल पदम तमाङ्ग,कमल बम लगायतका नेताले साथ छाडेका थिए ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।