४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कमेडियन राजु श्रीवास्तव अस्पताल भर्ना भएको एक महिना पूरा

कमेडियन राजु श्रीवास्तव अस्पताल भर्ना भएको एक महिना पूरा
अ+ अ-

एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तव एक महिनादेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् । राजुका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको लागि दिनरात प्रार्थना गरिरहेका छन् । अगस्ट १० मा दिल्लीको एक होटलको जिममा हृदयघात भएपछि उनलाई एम्समा भर्ना गरिएको थियो ।

पूरै १ महिनामा उनको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको थियो । आईसीयूमा भर्ना हुँदा उनको स्वास्थ्य दुई पटक बिग्रियो भने दुवै पटक उनले मृत्युलाई जिते ।

गत बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म राजुको आँखामा हल्का हलचल देखिएको परिवारका सदस्यले बताएका छन् । जबकि डाक्टरहरु यसलाई होसमा आउनु नभएको बताउँछन् ।

राजुलाई होशमा ल्याउन उनलाई मनपर्ने अभिनेता अमिताभ बच्चनको रेकर्ड गरिएको सन्देश राजुलाई सुनाइएको थियो । त्यसको बाबजुद २५ अगस्टमा उनले केही समयका लागि आँखा खोले ।

१९ अगस्टमा राजुको मस्तिष्कमा संक्रमण फैलिएपछि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । डाक्टरहरु पनि निकै चिन्तित थिए । बाँच्ने आशा पनि निकै कम थियो । यसअघि १० अगस्टमा हृदयघात भएपछि उनी मृत्युसँग लडेर विजयी भएका थिए ।