९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

शहीद केशव कोइराला स्मृति भवन उद्घाटन

शहीद केशव कोइराला स्मृति भवन उद्घाटन
अ अ+ अ-

महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले शुक्रबार उद्घाटन गर्नुभएको हो । सभाकक्ष रु ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो । विसं २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनुभएका शहीद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन सभाकक्ष निर्माण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ ।

नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिनुभएका कोइरालाको सहादतले आफ्नो ठाउँ धार्मिकस्थल मात्र नभएर शहीद भूमि पनि बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस० मा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लाग्नुभएका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने गरेका छन् । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरीचौकीमा प्रतीकात्मक बम विष्फोट गर्ने क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो ।

मटिहानी प्रहरीचौकीमा विष्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेता गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राति चौकीमा विष्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उहाँको निधन भएको थियो ।

कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो । शहीद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्जल बराल कांग्रेस सिन्धुलीका नेता हुनुहुन्छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमै रहेको सहादतस्थलमा शहीद स्मारकस्थल निर्माणाधीन छ । अब आउने माघ १६ गते शहीद दिवसको दिन शहीद केशव कोइरालाको अर्धकदको ढलोटको प्रतिमा अनावरण गरिने कार्यक्रम उहाँको ४८ औँ स्मृति दिवसकै अवसरमा गत साउन ३१ गते मटिहानीमा घोषणा गरिएको थियो ।

विसं २०५४ मा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले सहादतस्थल पार्क निर्माण कार्यको शिलन्यास गर्नुभएको थियो । शहीद कोइरालाको सहादतस्थलमा अग्लो चतुर्भजाकारको किल्ला बनाएर फलामे घेरा लगाउने योजनासाथ शिलान्यास गरिएको काम केही अघि बढे पनि सम्भार र संरक्षणको पक्ष अत्यन्त कमजोर रहेको मटिहानीवासी बताउँछन् ।

सहादतस्थलको मर्मतसम्भार र सरसफाइमा सम्बद्धपक्ष उदासिन देखिएका मटिहानीवासीको गुनासो छ । “शहादतस्थल रुग्ण खण्डहरजस्तो देखिन्छ, यसको सम्भारमा मटिहानी नगरपालिका र सामाजिक सङ्घ संस्थाले चासो देखाउन आवश्यक छ”, मटिहानीकै बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ ।

शहीद कोइरालाको स्मृतिमा ‘शहीद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानी ९महोत्तरी०’ स्थापित छ । प्रतिष्ठानले सहादतस्थलको सम्भारमा बढी जिम्मेवारी बहन गर्नुपर्ने साहको भनाइ छ । सहादतस्थलमा पार्क निर्माणको काम पछिल्ला दुई आर्थिक वर्षयता नियमित हुँदै आएको छ ।

सहादतस्थलको पार्कमा चौतर्फा डण्डी फेर्ने, सहादतस्थलमा खरीढुङ्गा ओछ्याउने र परिसरलाई घेर्ने काम भए पनि नियमित सरसफाइ नभएको गुनासो बढी छ । सहादतस्थलसम्बन्धी कामका लागि मटिहानी नगरपालिकाले विगत वर्षहरुमा प्रतिष्ठानलाई रकम उपलब्ध गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

“हामीले शहीद केशव कोइरालाको सहादतस्थललाई विशेष ठाउँका रुपमा विकास गर्न चाहेका छौँ, यसको प्रयत्न पनि गरिँदै आएको हो”, नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यसमा केही त्रुटि औँल्याइएका छन्, हामी त्यसलाई सच्याएर अघि बढ्नेछौँ ।” अब मटिहानी–जलेश्वर सडकको नामाकरण शहीद केशव कोइराला मार्ग गरिनुपर्ने र उहाँको सहादतस्थल अहिलेको श्रीराम माध्यमिक विद्यालय परिसरमा मित्रराष्ट्र भारतको सहयोगले बनेको विद्यालय भवनको नामकरण शहीद केशव सदन राखिनपर्ने पनि प्रतिष्ठान मटिहानी (महोत्तरी)का कार्यवाहक अध्यक्ष वैजु मण्डलको माग छ ।

“नगरपालिकाले कोइरालाको नाउँमा सभाकक्ष निर्माण गरेर प्रशंसनीय काम गरेको छ”, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मण्डल भन्नुहुन्छ, “अब मटिहानी–जलेश्वर सडक र श्रीराम मावि भवनको नाम शहीदका नाममा गर्न पहलकदमी नगरपालिकाले नै लिनपर्छ ।”