११ श्रावण २०८३, सोमबार
,
Latest
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिगका थप दुई टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् ।

क्यानले बिहीवार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् ।

यता फार वेस्टन युनाइटेडको भने इङ्ल्याण्डको एस आर स्पोट्र्स एण्ड भेन्चर्स, च्याटर एकाउण्टेड रुपिन्दर बग्गा रहेकी छिन् । कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए । निर्देशक सुवोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताए ।

यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ । नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

कान्तिपुर मिडिया गु्रप अन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, अल स्टार्स स्पोट्र्स अमेरिका अन्तर्गतको लुम्बिनीको टिम मालिक सञ्जय शर्मा, डाइमण्ड डिगिक्याप स्पोट्र्स प्रा.लि., भारत अन्तर्गत रहेको विराटनगरका विक्रम यादव र गोल्ड स्पोट्र्स प्रा।लि। अन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ भने नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउनेछन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् ।