• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल गर्दैछौं: पर्यटनमन्त्री श्रेष्ठ



file

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको हो । उहाँले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताउनु भयो । उहाँले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका,रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिनुभयो । उहाँले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले हवाई उडानको लागि ४० देशसँग सम्झौता गरेको छ । अमेरिका र रुस लगायतका देशहरुसँग हवाई उडानको सम्झौता गर्ने प्रक्रियामा अगाडि बढेको छ । नेपाल भूपरिवेष्ठित देशमा रहेका छौं । आकाश पनि नेपालले सिमित मात्रै प्रयोग गर्न पाउने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय उडानहरु एउटा बिन्दुबाट मात्रै प्रवेश गर्न पाउँछ । अर्कोबाट प्रवेश गर्ने बिन्दु बन्न सकेको छैन । सरकारको प्राथमिकता भनेको अन्तर्राष्ट्रिय उडानको लागि महेन्द्रनगर,नेपालगञ्ज र भैरवालाई अगाडि बढाएका छौं । भारत सरकारसँग कुराकानी भइरहेको छ । तर त्यो खुलेको अवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थलहरु थप्दै सुधार गर्दै गएका छौं । पर्यटन क्षेत्रलाई सुधार गर्नको लागि नेपालमा पर्यटकहरु १२ महिना आउनसक्ने देश हो भनेर अगाडि बढाएका छौं । राउण्ड द एभर टुरिष्ट डेस्टिनेशन अभियान शुरु गर्दैछौं । नेपालको हावापानी,वातावरणको अवस्थाबाट १२ महिना नै पर्यटकहरु घुम्न आउने अवस्था र घुम्ने ठाँउहरु छ ।’

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी बिस्तार गर्न सरकारले प्राथमिकता दिएको बताउनु भयो । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने बताउनु भयो । उहाँले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रुपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरुको पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धधनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने हुम्ला, रारा, फोक्सुन्डो लगायत गन्तव्य तर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरु सहजरुपमा जानसक्ने अवस्था रहेको बताउनु भयो ।