२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल: बङ्गलादेश विजयी



अ+ अ-

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् ।

खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी कप्तान खातुनले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको ३४ औँ मिनेटमा मसुराले थप एक गोल गर्दा बङ्गलादेशले २–० को अग्रता बनायो । त्यसपछि खेलको ४० औँ मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–० को सहज जित दिलाइन् ।

यस जितसँगै समूह ए मा रहेको बङ्गलादेशले शीर्ष तीन अङ्क जोडेको छ । त्यसैगरी यसै समूहको आजै भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

 प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । समूह चरणको खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।रासस