• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

नेप्से परिसूचक ११.९७ अंकले गिरावट,कारोबार रकम ८२ करोडमा सिमित



काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधवार पनि घटेर कारोबार बन्द भएको छ ।

बुधवार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ ।

बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । मंगलवार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

बुधवार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फण्डको इकाईमूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै,अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । यता,प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ ।

त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।