• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार



file

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियु क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा बुधबार उनले आफू संगठन विभाग प्रमुखका हैसियतले आएको बताए ।

पार्टीमा उनी महासचिवको दावेदार थिए तर अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउँदै शर्मालगायत छ जना नेतालाई उपमहासचिव बनाएका थिए ।

अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहाचिव घोषणा गर्दा शर्माले असहमति जनाउँदै फरक मत राखेका थिए ।