२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः पर्यटनमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो ऐतिहासिक दिन हो । इन्द्रजात्रा भन्ने पर्व सांस्कृतिक पर्व हो । हाम्रो पहिचान र सभ्यता हो । यसको ऐतिहासिक महत्व छ । आजबाट लिंगो ठड्याउने काम भएपछि इन्द्रजात्रा पर्व शुरु भयो । हाम्रा जात्रा, पर्व, संस्कृतिहरुको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ । यसमा दिइरहेका जुन खालका अनुदानहरु छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ । संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ । यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरु आयोजना हुनसक्छ । गुठीहरुलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्वद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो ।