२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने जबरजस्ती करणी प्रकरण: क्यानको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको क्रिकेट करिअर जोखिममा परेको छ । एक किशोरीले सन्दीपमाथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि उनको करिअर धरापमा परेको हो ।

जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने सन्दीपले यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं ३०५ मा लगेको उल्लेख छ ।

भदौ ६ गते राति अन्दाजी १२ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

सन्दीपमाथि गम्भीर आरोप लागेको हुँदा उनीविरुद्धको मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानीका साथै अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुनसक्छ ।

यसैबीच सन्दीपविरुद्ध किटानी जाहेरीपरेपछि नेपाल क्रिकेट संघ (क्यान) को आज बैठक बस्दैछ । उनलाई क्यानले गत वर्ष मंसिरमा नेपाली राष्ट्रिय टिमको कप्तानमा नियुक्त गरेको थियो ।

आरोप प्रमाणित नभएसम्म सन्दीपलाई दोषी ठहर गर्न नसकिने भए पनि बैठकले उनको कप्तानीलाई तत्कालका लागि निलम्बनमा राख्न सक्ने जनाइएको छ । अनुशासनको उल्लंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही गरेपछि क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

केन्यासँगको पाँच वटा टि–२० र तीन वटा एक दिवसीय क्रिकेट खेल्न केन्या पुगेका सन्दीप यतिबेला एक दिवसीय सिरिज छाडेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

उनीविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेपछि विदेशी लिगहरुमा उनको स्थान पनि गुम्नसक्ने जनाइएको छ । सन्दीप नेपाली क्रिकेट खेलाडी मात्र नभएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटर पनि हुन् । उनले भारतको आइपीएललगायत वेस्ट इन्डिज र अस्ट्रेलियामा विभिन्न लिग खेलिसकेका छन् ।

आरोप प्रमाणित भएमा उनलाई १२ वर्षको जेल सजाय हुनसक्ने बताइएको छ । यस्तो अवस्थामा उनको खेल करिअर नै सकिने अवस्था छ । निर्दोष ठहरिएको खण्डमा पनि मुद्दाको फैसला नआउन्जेल उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु पनि गुमाउनुपर्ने हुनसक्छ ।