६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी,पीडितको बिस्तृत स्वास्थ्य परीक्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी र घटनाक्रम बारे प्रहरीले जानकारी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यलय काठमाडौंले एक बिज्ञप्ति जारी गर्दे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको जनाएको छ ।

प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत बिस्तृत स्वास्थ्य परीक्षण गराइएको जनाएको छ ।

प्रहरीले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ

नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जि. स्याङ्जा आरुचौर गा.पा. स्थाई वतन भई हाल काठमाण्डौ बुढानीलकण्ठ न.पा.बस्ने अं. ५’७” उचाई, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अं. २३.५५ बजे काजि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००: २५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र  One Door Crisis Management Center (OCMC) मा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएको । अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।