• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

च्याम्पियन्स लिग : पेरिस, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी विजयी



रियल म्याड्रिडका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै ।

युरोपेली क्षेत्रको सर्वाधिक ठूलो फुटबल प्रतियागिता च्याम्पियन्स लिग अन्तरगत गएराति भएका खेलहरुमा पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

तर इटालीको क्लब युभेन्टस र इङलिस प्रिमियर लिगको सशक्त टिम चेल्सी पराजित भएका छन् ।

समूह एफ को रियल म्याड्रिडले सेल्टिकलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । रियलका लागि भिल्नियस जुनियर, लुका मोड्रिक र एडेन हाजार्डले गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा शाख्तार डोनेस्कले आरबी लाइबजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी, समूह जी को खेलमा म्यान्चेस्टर सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेर समूहमा महत्वपूर्ण अंक हासिल गरेको छ । समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डले एफसी कोपेनहागनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

निकै कठिन समूह ठानिएको समूह एच मा पेरिस सेन्ट जर्मेनले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको छ । लियोनेल मेस्सी, नेमार र किलियन एम्बापे जस्ता स्टार खेलाडी रहेको पेरिसका लागि किलियन एम्बापेले २ गोल गरेका थिए भने युभेन्टसका लागि एक मात्र गोल वेस्टोन म्याककेनीले गरेका थिए ।

यही समूहमा रहेको बेन्फिकाले हाइफालाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

समूह इ मा साल्जबर्ग र एसी मिलानबीचको खेल भने १-१ को बराबरीमा समाप्त भएको थियो । यही समूहमा डाइनामो जाग्रेबले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।