२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : पेरिस, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी विजयी



रियल म्याड्रिडका खेलाडीहरू गोल गरेपछि खुशी साटासाट गर्दै ।
अ+ अ-

युरोपेली क्षेत्रको सर्वाधिक ठूलो फुटबल प्रतियागिता च्याम्पियन्स लिग अन्तरगत गएराति भएका खेलहरुमा पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

तर इटालीको क्लब युभेन्टस र इङलिस प्रिमियर लिगको सशक्त टिम चेल्सी पराजित भएका छन् ।

समूह एफ को रियल म्याड्रिडले सेल्टिकलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । रियलका लागि भिल्नियस जुनियर, लुका मोड्रिक र एडेन हाजार्डले गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा शाख्तार डोनेस्कले आरबी लाइबजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी, समूह जी को खेलमा म्यान्चेस्टर सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेर समूहमा महत्वपूर्ण अंक हासिल गरेको छ । समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डले एफसी कोपेनहागनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

निकै कठिन समूह ठानिएको समूह एच मा पेरिस सेन्ट जर्मेनले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको छ । लियोनेल मेस्सी, नेमार र किलियन एम्बापे जस्ता स्टार खेलाडी रहेको पेरिसका लागि किलियन एम्बापेले २ गोल गरेका थिए भने युभेन्टसका लागि एक मात्र गोल वेस्टोन म्याककेनीले गरेका थिए ।

यही समूहमा रहेको बेन्फिकाले हाइफालाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

समूह इ मा साल्जबर्ग र एसी मिलानबीचको खेल भने १-१ को बराबरीमा समाप्त भएको थियो । यही समूहमा डाइनामो जाग्रेबले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।