५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ बाट सर्वसम्मत सिफारिस



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।

राप्रपाले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा भने प्रतिनिधिसभा सदस्यका लागि कसैलाई उम्मेदवार तय गरेको छैन । पार्टीले अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवार सिफारिस गरेको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपा र एमालेले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा चुनावी तालमेल गरेर उम्मेदवारी दिएका थिए । झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देख र निर्वाचन क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओली निर्वाचित हुनुभएको थियो ।

यसपालिको निर्वाचनमा पनि ती दुई क्षेत्रमा राप्रपा र एमालेले चुनावी तालेमेल गर्ने अनुमान गरिएको छ ।




भर्खरै