३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट
अ+ अ-

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो  ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।

गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले रु १०० अङ्कित दरका रु तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी रु १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आइपिओको नतिजा मेरो शेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।