• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई सेनाको मानार्थ महारथीको पदवी प्रदान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपाली सेनामा परमाधिपति समेत रहनु भएकी राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सेनाध्यक्ष पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो ।