११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

सिसिटिभी फुटेज हेरौँ, हाम्रा गार्डले गल्ती गरेका छैनन्– गरुड सेक्युरिटिज

सिसिटिभी फुटेज हेरौँ, हाम्रा गार्डले गल्ती गरेका छैनन्– गरुड सेक्युरिटिज
अ अ+ अ-

काठमाडौँ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा मिलाउँदा ‘दुर्व्यवहार’ गरेका सुरक्षा गार्ड शेरजंग गुरुङ अहिले प्रहरी हिरासतमा छन् ।

ठमेलस्थित छायासेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले हिरासतमा राखेको हो । मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएको छ।

सुरक्षा गार्ड गुरुङले आफ्नो आवाज ठूलो हुनसक्ने भए पनि मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको बताएका छन् । आफ्नो ड्युटी पूरा गर्दा उनलाई पक्राउ गर्नु गलत भएको भन्दै अहिले चौतर्फी आलोचनासमेत भइरहेको छ ।

गुरुङले काम गर्ने गरुड सेक्युरिटिजले आफ्नो सुरक्षा गार्डले कुनै गल्ती नगरेको दाबी गरेको छ । उसले सो घटनाको सिसिटिभी फुटेज देखाउनसमेत माग गरेको छ ।

गुरूङले काम गर्ने गरूड सेक्युरिटिजले भने उनले कुनै गल्ती नगरेको दाबी गर्दै घटनाको सिसिटिभी फुटेज देखाउन माग गरेको छ। दिइएको निर्देशनअनुसार गुरुङले जिम्मेबारी पूरा गरेकाले माफी माग्नु पर्ने कुनै कारण नरहेको सेक्युरिटिजले बताएको छ ।

मन्त्री श्रेष्ठले अप्रत्यक्षरुपमा गरुड सेक्युरिटिजले सार्वजनिकरुपमा माफी माग्नुपर्ने दबाब दिएको बताइएको छ । साथै आफ्ना गार्डलाई हिरासतमा राखेपछि सेक्युरिटिजले बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि हाल्ने तयारी गरिरहेको बताइएको छ । प्रमाणका लागि उसले भिएसएफसँग सिसिटिभी फुटेजको माग गरेको हो ।

सेक्युरिटिजका एक कर्मचारीले आफूले सिसिटिभी फुटेज हेरेर नै गार्डले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न सो फुटेज आवश्यक भएकाले भिएसएफसँग माग गरेको उनले बताए । फुटेजमा मन्त्री नै बढी एग्रेसिभ भएको देखिएको उनले बताए ।