२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा वेलायतलाई पछि पार्दै विश्वको ५औं स्थानमा भारत



अ+ अ-

काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा भारत विश्वको पाँचौ स्थानमा उक्लिएको छ । एक महिनाअघि मात्र स्वतन्त्रताको ७५ औँ वर्ष पूरा गरेको भारतले जीडीपीमा बेलायतलाई पनि पछि पारेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांक अनुसार भातरको अर्थव्यवस्था ८५४.७ अर्ब डलरको रहेको छ भने वेलायतको ८१६ अर्ब डलर रहेको छ ।

अनुमानित कूल ग्राहस्थ उत्पादन (जीडीपी) ३ हजार ८ सय ९४ अर्ब डलर भारतको पुगेको छ । बेलायतको भने, जीडीपी ३ हजार ६ सय ८७ अर्ब डलर रहेको छ ।

भारतको जनसंख्या १३८ करोड रहेको छ । जनसंख्याको हिसाबले हेर्दा भारतमा वेलायतको भन्दा २० गुण बढी जनसंख्या रहेको छ ।

जीडीपीको आधारमा पहिलो आर्थिक शक्ति भएको देश अमेरिका रहेको छ । त्यसैगरी, दोश्रोमा चीन, तेश्रोमा जापान र चौथोमा जर्मनी रहेका छन् ।