१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विजरल्याण्डको यूटीएमआर म्याराथन दौडमा धादिङकी रसिलालाई स्वर्ण पदक



अ+ अ-

धादिङ । स्विजरल्यान्डमा सम्पन्न लोकप्रिय अल्ट्रा टुर मोन्टे रोसा(यूटीएमआर) म्याराथन दौडमा धादिङकी रसिला तामाङ प्रथम भएकी छिन् ।

स्विजरल्यान्डमामा अयोजित उक्त म्याराथनमा महिला तर्फ मिसाबेल १०० किलोमिटरको रेसमा धादिङ धुनिबेशी २ कि अल्ट्रा म्याराथन धाविका रसिला तामाङ प्रथम भएर स्वर्ण पदकको उपाधी जितेकी हुन् ।

३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म स्वीट्जरल्यान्ड भएको उक्त म्याराथनमा भोजपुरकी अनिता राई तेस्रो भएकी छिन् । त्यस्तै, पुरुष तर्फ नेपालकै भिम बहादुर गुरुङ दोस्रो भएका छन् ।

नेपाली महिला धाविकाको रुपमा विभिन्न देशमा भएको म्याराथनमा सहभागी हुँदै आएकी तामाङलाई केहि समयअघि मात्रै धुनिवेशी नगरपालिकाले नगदसहित सम्मान गरेको थियो ।

तामाङले आफुलाई एक सफल धावकको रुपमा स्थापित गर्न निरन्तर लागिपरेको बताउदै आएकी छिन् ।