७ पुष २०८२, सोमबार
,
Latest
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य हुनुहुन्थ्यो । कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उहाँ २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गर्नुभएको थियो ।

उहाँले समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गर्नुभएको थियो । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्यमहरुमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त गरिएको थियो ।

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।