१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ– अध्यक्ष ओली



अ+ अ-

मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गनर््, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राख्नुभयो । उहाँले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पहिलोपटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गर्नुभयो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट मुलुकको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उहाँको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राख्नुभयो ।