११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

प्रतिनिधिसभाको शुन्य समयमा सांसदहरु, कस्ले के भने त ?

प्रतिनिधिसभाको शुन्य समयमा सांसदहरु, कस्ले के भने त ?
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताउनु भयो । उहाँले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य मैनाकुमारी भण्डारीले नेपाली पुरुषसँग विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिने प्रावधान गलत भएको बताउनु भयो । उहाँले सो प्रावधान लागू भएमा दश वर्षपछि नेपाली वंशज अल्पमतमा पर्ने र आफ्नै देशमा शरणार्थी हुने अवस्था आउने दाबी गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घरघरमा पैसा भएको भन्दै सम्पती शुद्धिकरण गरेर धेरै भएको सम्पती राज्यको कोषमा जम्मा गर्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य, शिक्षा र वृद्धको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भयो । सांसद शाहीले आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारको सम्पती विवरण सार्वजनिक हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले त्रिभूवन विश्वविद्यालयको सम्बन्धमा नेपाल विद्यार्थी संघले जायज माग उठाएको बताउनु भयो । उहाँले त्रिविबाट प्रश्नपत्र बाहिरिने तथा दोहोरिने जस्ता समस्या हुने गरेको भन्दै यस सम्बन्धमा छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नेविसंको माग रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार– पाँचथरको रविराके १०१ किलोमिटर सडकखण्ड निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै छिटो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले शुन्य समयमा बोलेका कुराहरुको सम्बोधन नभएको भन्दै शुन्य समयको औचित्य नरहेको बताउनु भयो । उहाँले आफूले बोलेका कुरा पनि सम्बोधन नभएकाले आगामी दिनमा आफू शुन्य समयमा नबोल्ने जानकारी गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले आतंकवादी हत्याराहरु, मानव तस्कर र सीमा अतिक्रमण रोक्न नेपाल– भारत सीमामा काँडेतार लगाउन माग गर्नुभयो । उहाँले नेपाल–भारत सिमामा काँडेतार लगाउन ४२ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै त्यति जुटाउन ठूलो कुरा नभएको तर्क गर्नुभयो ।