२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय क्रिकेट: केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको हो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १/१ विकेट हात पारे । नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।