७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक गाईबाछाको उद्धारमा एम्बुलेन्स सेवा- फोटो फिचर



अ+ अ-

काठमाडौं । सडकमा अलपत्र परेका असहाय गाईबाछाहरुको उद्धार र उनीहरुको दिर्घकालिन सेवामा समर्पित असहाय गाईबाछा संरक्षण अभयानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले उपहार स्वरुप पशु एम्बुलेन्स प्रदान गरेको छ ।

एक बिशेष समारोहबीच आज भदौ १७ गते कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले उक्त एम्बुलेन्सको उद्घाटन गर्दै त्यसको साँचो असहाय गाईबाछा संरक्षण अभियानलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका संयोजक उत्तम पुडासैनीले अहिले अभियानको आश्रय स्थलमा २०० भन्दा ज्यादा गाईबाछा रहेको जानकारी गराउनु भएको थियो । उपत्यकालाई असहाय गाईबाछा मुक्त क्षेत्रका रुपमा अनुबाद गर्दै कृषकलाई जिम्मेवार बनाउन समेय यो अभियान सकृय रहेको त्यसबखत जानकारी दिईएको थियो ।

असहाय गाईबाछा संरक्षण संगै त्यसको मलमुत्र र स्थानीय स्तरबाट उत्सर्जन भएका फोहोरबाट कम्पोष्ट मल बनाउने तथा बिश्वब्यापी उष्णतालाई कमगर्न एकदिन एक बिरुवा अभियानलाई समेत प्रवद्र्धन गर्दै आएको सो अवसरमा जानकारी गराईएको थियो ।

संस्थाका उपसंयोजक नानीकाजी गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु हरिभक्त पुडासैनी, जयराम महत तथा पूर्व उपमेयर शान्ति नेपाल, आचार्य महेन्द्र भट्टराई, अभियन्ता कुमारराज सुबेदी, समाजसेवी दिपकसिं भण्डारी लगायतका बक्ताहरुले असहाय गाईबाछा संरक्षण अभियानले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।