११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सिट बाँडफाटमा सत्तारुढ गठबन्धन सहमति नजिक: प्रचण्ड

सिट बाँडफाटमा सत्तारुढ गठबन्धन सहमति नजिक: प्रचण्ड
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट सहमति नजिक पुगेको बताउनुभएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले जितको आधारसहित कुन कुन क्षेत्र र प्रदेशमा दावी गर्ने भन्नेबारे गृहकार्य गरेर भोलि (शनिबार) बस्ने सत्तारुढ गठबन्धनको बैठकमा प्रस्तुत हुने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशका लागि सिट बाँडफाँट गर्दा फुकेर कदम चालिने स्पष्ट पार्नुभयो । २०७४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा केही कमजोरी भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले केन्द्र सरकारमा पनि कर्णाली प्रदेशको भूमिका होस् भन्नेगरी जाने बताउनुभयो ।