२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने



अ+ अ-

काठमाडौँ । आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । साथै केन्द्रले सिन्के धूप उत्पादन गर्ने मेसिनसमेत बनाउने भएको छ । केन्द्रलाई ती मेसिन बनाउन सरकारले समेत सहयोग गर्नेछ ।

केन्द्रले आगामी वैशाखसम्ममा त्यस्तो मेसिन बनाउने गरी सरकार र केन्द्रबीच एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

शुक्रबार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसार र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रअनुसार मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि आविष्कार केन्द्रले काम गर्नेछ ।

प्रवद्र्धन केन्द्रले सो कार्यका लागि आविष्कार केन्द्रलाई यो वर्ष रु ४० लाख आर्थिक सहयोग गर्नेछ । समझदारीपत्रमा हस्ताक्षर भएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले सरकारको सहयोगले आफूहरु धेरै उत्साहित भएको बताउनुभयो ।

उहाँले प्राप्त सहयोग रकमबाट सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउन मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउन खर्च गरिने जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज भएको समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।