२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट



अ+ अ-

महेन्द्रनगर । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताउनुभयो । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । सुदूरपश्चिमले आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ ।

जिल्लामा एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी छनोट भएका छन् । समितिले अहिले छनोटमा परेका खेलाडीलाई हप्ता दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ । “बन्द प्रशिक्षणमा खेलाडीलाई डाइड र बसोबासका लागि हामीलाई रकम अभाव छ ।” उहाँले भन्नुभयो, “त्यसको व्यवस्थापनका लागि हामी स्थानीय तहसित समन्वय गरिरहेका छौँ ।”

बन्द प्रशिक्षण सञ्जालनका लागि रु अढाइदेखि तीन लाख खर्च हुने अनुमान गरिएको छ । कञ्चनपुरले कुस्ती, हक्की, कबड्डी, भारोत्तोलन, कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलमा खेलाडीले राष्ट्रियस्तरमै पदक दिलाउने आशा गरेको छ ।

त्यसैगरी आफूसित उपलब्ध भएका खेलकुद संरचना भएका खेलको प्रदेश छनोट कञ्चनपुरमै हुनुपर्ने खेलकुद विकास समितिले माग गरेको छ । “फुटबल, भलिबल, कबड्डी बक्सिङ, कुस्तीलगायत दश खेलको प्रदेश छनोट यतै गर्न प्रदेश खेलकुद परिषद्सँग माग गरेका छौँ ।” कार्यालय प्रमुख भट्टले भन्नुभयो, “नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट सहभागी खेलाडीमध्ये सबैभन्दा बढी कञ्चनपुरले पदक ल्याउनेमा हामी ढुक्क छौँ ।”