• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग

नेप्से परिसूचक १.०८ अंकले घट्यो



काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

बुधवार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीवार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ ।

बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधवार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ ।

बिहीवार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । तर राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।