• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित



तनहुँ । नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।