२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको क्षेत्रबाट ‘जिग्री ब्रो’ले प्रतिनिधिसभा निर्वाचन लड्ने



अ+ अ-

काठमाडौँ । कलाकार कुमार कट्टेल उर्फ ‘जिग्री ब्रो’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

उनले झापा क्षेत्र नम्बर– ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

सो निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रहेको छ । उनले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कट्टेलले आफू निर्वाचनको तयारीमा रहेको भए पनि उम्मेदवारीको औपचारिक घोषणा भने नगरेको बताएका छन् ।

आफू मतदाता रहेको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने घोषणा चाँडै गर्ने उनको भनाई छ । उनको उम्मेदवारीको प्रचार–प्रसार सामग्री भने सामाजिक संजालमा चर्चामा आइसकेको छ ।