२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा चेल्सी साउथह्याम्प्टनसँग २–१ गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा साउथह्याम्प्टनलाई जित दिलाउन रोमियो लाभिया र एडम आम्र्सस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लाभियाले गोल गर्दै साउथह्याम्प्टनलाई १–१ को बराबरीमा ल्याए ।

यसैगरी पहिलो हाफको इन्जुरी समयमा आम्र्सस्ट्रङले गोल गर्दै साउथह्याम्प्टलाई २–१ को अग्रता बनाए । त्यसपछि दोस्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन सकेन ।

जितसँगै साउथह्याम्प्टन ५ खेलबाट ७ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ । समान खेल खेलेको चेल्सी सात अंककै साथ आठौं स्थानमा रहेको छ ।




भर्खरै