२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा चेल्सी साउथह्याम्प्टनसँग २–१ गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा साउथह्याम्प्टनलाई जित दिलाउन रोमियो लाभिया र एडम आम्र्सस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लाभियाले गोल गर्दै साउथह्याम्प्टनलाई १–१ को बराबरीमा ल्याए ।

यसैगरी पहिलो हाफको इन्जुरी समयमा आम्र्सस्ट्रङले गोल गर्दै साउथह्याम्प्टलाई २–१ को अग्रता बनाए । त्यसपछि दोस्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन सकेन ।

जितसँगै साउथह्याम्प्टन ५ खेलबाट ७ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ । समान खेल खेलेको चेल्सी सात अंककै साथ आठौं स्थानमा रहेको छ ।