२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोडेको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५९ रन जोडे । यसैगरी रोहित पौडेलले २५ बलमा ४७ रन जोडे । उनले सात चौका प्रहार गरे ।

यस्तै, अर्जुन साउदले २१ बलमा २९ रन, दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रनको योगदानी दिए ।

दुबै टिमले आज निर्णायक खेल खेल्दैछन् । पाँच खेलको सिरिजमा ४ खेल सम्पन्न हुँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।