५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २.३३ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ ।

मंगलवार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवारको भन्दा कारोबार रकममा गिरावट आएको छ । सोमवार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ७ उपसमूहको परिसूचक सकारात्मक रहेको छ । जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ । तर बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

मंगलवार हिमालय एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । अपर हावाखोला जलविद्युत कम्पनीको ८.४५ प्रतिशतले बढेको छ । तर यता विन नेपाल लद्युवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमले ९५ करो ७७ लाख २५ हजार बराबरको कोरोबार भएको छ ।