२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानले किन गरे ‘डन ३’ को प्रस्ताव अस्वीकार ?



अ+ अ-

एजेन्सी । अहिले बलिउड जगतमा एक पछि अर्को फिल्महरु लगातार फ्लप भइरहेका छन् ।

ठूला बजेटदेखि ठूला स्टारकास्टसम्म सबैका फिल्मले लगानी समेत उठाउन सकेका छैनन् । हालै रिलिज भएका आमिर खान स्टारर ‘लाल सिंह चड्डा’, र अक्षय कुमार स्टारर ‘रक्षा बन्धन’ नराम्ररी फ्लप भएका छन् ।

गत साता रिलिज भएको प्यान इन्डिया फिल्म ‘लाइगर’को पनि अवस्था ठीक छैन । बलिउडमा देखिएको खतरालाई मध्यनजर गर्दै अब किंग खान अर्थात् शाहरुख खानले महत्वपूर्ण निर्णय लिएका छन् ।

शाहरुख खानले केही दिनअघि तीनवटा फिल्मको घोषणा गरेका थिए । उनका तीनवटै फिल्म पठान, जवान र डङ्की पाइपलाइनमा छन् ।

अहिले फ्यानहरुले उनलाई छिट्टै ‘डन ३’ मा हेर्ने इच्छा व्यक्त गरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार शाहरुख खानले यो फिल्मको प्रस्ताव अस्वीकार गरेका छन् ।

हालै शाहरुखलाई यो फिल्मको अफर आएको थियो । फिल्मको स्क्रिप्ट फरहान अख्तरले लेखेका हुन् । तर अहिले शाहरुख त्यो स्क्रिप्टबाट सन्तुष्ट नभएको सुनिएको छ । जसका कारण उनले अहिले फिल्म गर्न अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार जब शाहरुख स्क्रिप्टको बारेमा पूर्णतया विश्वस्त हुनेछन्, तब उनी यो भूमिका फेरि गर्न चाहन्छन् ।

अहिले बक्स अफिसको परिदृश्य राम्रो नरहेको कारणले गर्दा उनी कुनै पनि प्रोजेक्ट साइन गर्नुअघि धेरै पटक सोच्न चाहन्छन् । अहिले फरहान फेरि ‘डन ३’ को स्क्रिप्टमा काम गरिरहेका छन् ।

डन ३ अझै प्रि–प्रोडक्सन चरणमा छ, त्यसैले दर्शकले फिल्म हेर्न लामो समय कुर्नुपर्नेछ । त्यतिन्जेल प्रशंसकहरूले शाहरुख खानलाई जवान र पठानमा देख्न सक्नेछन् । शाहरुखको पठान सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म हो । यसमा उनीसँगै जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् ।