४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

फिल्म समीक्षक कमल आर खान पक्राउ

फिल्म समीक्षक कमल आर खान पक्राउ
अ+ अ-

एजेन्सी । अभिनेता तथा चलचित्र समीक्षक कमल राशिद खान(केआरके)लाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्ष पुरानो एउटा मुद्दामा मुम्बई प्रहरीले उनी पक्राउ परेका हुन् । यो कारबाही २०२० को एक विवादास्पद ट्वीटमा गरिएको हो ।

स्रोतका अनुसार उनलाई मंगलबार बोरिवली अदालतमा पेश गरिने छ । कमललाई मुम्बई एयरपोर्टबाट पक्राउ गरी सोधपुछपछि पक्राउ गरिएको थियो । कमल दुई वर्षपछि मुम्बई फर्किएका छन् ।

कमलमाथि, २०२० मा, युवा सेनाको कोर कमिटीले मलाड पुलिस स्टेशनमा एफआईआर दर्ता गरेको थियो । कमिटी सदस्य राहुल कनालले कमलले दिवंगत अभिनेता इरफान खान र ऋषि कपुरको बारेमा आपत्तिजनक ट्वीट गरेको आरोप लगाएका छन् ।

यस मामिलामा प्रहरीले कमल विरुद्ध धारा २९४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

केआरकेले २०२० मा इरफान खान (२९ अप्रिल) र ऋषि कपूर (३० अप्रिल)को निधनपछि ट्वीट गरेका थिए । उनले लेखेका छन्, ‘मैले केही दिन अगाडि भनेका थिएँ कि जबसम्म केही चर्चित व्यक्तिहरुलाई साथमा नलिने कोरोना हट्दैन ।

त्यसपछि मानिसहरूले मलाई गाली गर्नेछन् भनेर मैले नाम लेखिन, तर ऋषि र इरफान जानेछन् भन्ने मलाई पहिल्यै थाहा थियो । मलाई अर्को नम्बर कसको आउँदैछ भनेर पनि थाहा छ ।’